
काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचकमा ४ दशमलव ५७ अंकको वृद्धि भएको छ ।
दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ० दशमलव २२ प्रतिशतले वृद्धि भएको सेयर बजार २ हजार १ सय दशमलव ६५ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटाको परिसूचक घटेको छ भने बाँकीको बढेको छ ।
बढेका उपसमूहको परिसूचक पनि न्यून अंकले बढेकाले समग्र नेप्सेमा झिनो सुधार देखिएको हो ।