images

राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित, अर्को बैठक माघ २७ गते बस्ने

काठमाडौं । राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएका छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन ।

त्यसैगरी, उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको तर्फबाट पेश गरेको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ पनि पारित गरिएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पेस गरेकी थिइन ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।