
काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
तारकेश्वर नगरपालिका–३ चिसापानीमा पानीमा डुबेर मृत्यु भएको भनिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।