
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार ३२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।