
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।
विप्लवले बुधबार दिउँसो १ बजेका लागि विशेष पत्रकार सम्मेलन बोलाएका हुन् ।
राष्ट्रिय नाचघरमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आफ्ना मागहरुका बारेमा विप्लवले जानकारी दिनेछन् ।
बैठकमा महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सचिवालय, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु समेत सहभागि हुनेछन् ।