images

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।