images

लुम्बिनी राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

बुटवल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्य एक पदका लागि बुधबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी, प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।