images

सरकारी बिदा धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक रहेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएकाले यसले जनताको काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएकोले यसबारे पुनर्विचार आवश्यक रहेको बताएका हुन ।

उक्त बिषयमा मन्त्रिपरिषदमा पनि छलफल भैरहेको र आवश्यक गृहकार्य गरेर यसमा पुनर्विचार गर्ने पक्षमा आफु रहेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको पनि बताए।