images

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका बाह्य सूचकहरुमा उल्लेख्य सुधार भएको विवरण सार्वजनिक गरेको थियो ।

ब्याजदर घट्ने अपेक्षामा मंगलबार सेयर बजारमा हरियाली छाएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदा लगानीकर्ता पनि उत्साहित भएका हुन् ।

मंगलबार बजार परिसूचक नेप्से ७६ दशमलव ६५ अंकले वृद्धि हुँदा २१७७ दशमलव ४७ अंकमा बन्द भएको छ । नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ४७ करोडमा सीमीत भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ ।

मंगलबार ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।