images

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला र दुई सयले बढेर एक लाख चार हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुँपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचरुँपैयाले घटेर एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।