images

कांग्रेस सभापति देउवाविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको हो ।

न्यायधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।