images

विश्वासको मत पाउने निश्चित नभएपछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि रावलकै आग्रहमा बैठक स्थगित भएको गरिएको हो । अर्को बैठक बिहिबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अव उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।