images

भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भएको छलफलमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने तय गरेका हुन् । भोलिको बैठकमा राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

बैठक बोलाउने र राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने सहमति भएको हो ।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहज ढंगले आगामी दिनका कसरी अघि बढ्ने भन्ने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौँ । भोलिको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुनेछ ।’