images

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौदी ४ हजार २६ मत सहित विजयी

काठमाडौं । लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी हुनुभएको छ ।

बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए ।