images

संसद भवनको मूलगेटमा पत्रकारहरुले बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले सो प्रस्ताव राखेका हुन । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याए बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सो कक्ष बनाउन उपयुक्त हुने बताए ।

उपाध्यक्ष नेम्वाङ पत्रकारहरु संसदको मूलगेटमा दौडिएर सधै तछाड मछाड गरिरहेको त्यसको समाधान खोज्न आग्रह गरे ।