images

भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै, प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिने

काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी काठमाडौं आउन लागेका हुन् ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालदेखि विभिन्न दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको औपचारिक निम्तो दिने पनि बताइएको छ ।

४ मंसिरको चुनावपछि भारतबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । अमेरिकी अधिकारीले काठमाडौंमा बाक्लो भ्रमण भइरहेका बेलामा भारतबाट पनि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

अमेरिकाबाट मन्त्रीस्तरीय भ्रमण सकिएको हप्ता दिनपछि भारतीय अधिकारी आउन लागेका हुन् । फागुनको पहिलो हप्ता पनि अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउँदैछन् ।