images

अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने

काठमाडौं । अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ ।

शुक्रबार बसेको समितिको बैठकमा फौजदारी अपराधको आरोपमा पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने सहमति जुटेको हो ।                            

नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो ।

मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसदबाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदले समेत संसद्को लोगो लगाउन पाउनेछन् ।