images

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ ।

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठक पेस गरेको बताएका थिए ।

गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र सो मस्यौदा प्रतिनिधिसभामा पेस गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिले म्याद आजै सकिदै थियो ।