images

शीतलनिवासमा आज चियापान कार्यक्रम

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूका लागि शीतलनिवासमा चियापान आयोजना गरेकी छन् ।

दिउँसो ३ बजे आइपुग्नेगरी उनले सांसदहरूलाई शितल निवासमा डाकेकी हुन् ।

हिजो प्रतिनिधिसभालाई सम्बोधन गरेकी उनले सांसदहरूलाई चियापानका लागि आउन बुधबार नै सन्देश पठाएकी थिइन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन उनले चियापान कार्यक्रम राखेको शितलनिवास स्रोतले जनाएको छ ।

आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चुन्न चुनाव हुँदै छ । यसअघि २ कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी फागुन २८ गतेदेखि बिदा हुँदैछिन् ।