images

लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्रीले केसीले दिइन राजीनामा

काठमाडौं । लुम्बिनी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउस्की हुन् ।

मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण राजीनामा दिएको बुझिएको छ। मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको उनीनिकट स्रोतको दावी छ ।