images

राज्य संरचनामा प्रविधि बुझेको मान्छे हुनुपर्छ: सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । उनले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा पनि ध्यान दिनुपर्ने जानकारी दिए ।

उनले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा बिस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने जानकारी दिए ।