
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
राष्ट्रपति निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो ।
आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको आसन्न निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था एवं सरकारको पूर्णतालगायतका विषयमा छलफल भईरहेको छ ।
यसअघि गत शुक्रबार पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।