images

टर्की भूकम्पमा परि ५० हजार भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने अनुमान लगाएका छन् ।

उनले खोजी र उद्धारकार्यलाई तिव्रता दिन पनि उनले आग्रह गरेका छन् । हालसम्म टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७४ जनाको ज्यान गएको छ ।

हजारौं उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। यसैबिच भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। भूकम्पका कारण विस्थापितहरु थप मारमा परेकै बेला लुटपाटको घटना बढ्दा भूकम्प पीडितहरु थप मारमा परेका छन् ।

लुटपाटका घटना बढ्न थालेपछि टर्की सरकारले अनुसन्धानका लागि एक कमिटी गठन गरेको छ। कमिटीको अनुसन्धानपछि ८ वटा अलग–अलग प्रान्तबाट ४८ जना पक्राउ परेका छन् ।