images

अनेरास्ववियुको २३ औँ महाधिवेशन फागुन २ देखि, सम्पूर्ण तयारी पुरा

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ ।

अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ माहाधिवेशन हुदै छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तर सर्वसम्मत हुन नसकेमा विद्युतिय मतदानबाट निर्वाचन गर्ने गरी प्रवन्ध मिलाइएको अनेरास्ववियुले जनाएको छ ।

राज्य व्यवस्थालाई बलियो बनाउनका लागि स्ववियु निर्वाचन आवश्यक रहेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बताइन । बरालले विश्वविद्यालयहरुका नीतिगत निर्णयहरुमा निगरानी गर्न पनि स्ववियु नेतृत्व चयन जरुरी रहेको बताइन ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट १ हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।