images

चितवन २ मा चैत २० गते मनोनयन दर्ता गरिने

काठमाडौं । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ गतेलाई तोकेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

यस्तै उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिकाअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।