images

रास्वपाको केन्द्रिय समिति बैठक बस्दै, चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल गर्ने कार्यसूची

काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रिय समिति बैठक बोलाएको छ ।

आज दिउँसो ३ बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रवि लामिछानेले राजनीतिक संयन्त्रमा भइरहेका छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदारीका बारेमा छलफल गर्ने कार्यसूची छ ।

हिजो बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए ।

लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगसँग यसबारेमा छलफल गरेको जानकारी दिएका थिए ।