images

जनयुद्ध दिवसका दिन बिदा दिएकोमा विरोधप्रदर्शन

काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति बिरोध प्रदर्शन गरिएको छ ।

सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्दपीडित समुदाय र नागरिक समाजले बिरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौं जिल्ला अदालत अगाडी भेला भएर दर्जनौँको संख्यामा उपस्थित नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्दपीडितले सरकारको निर्णयको बिरोध गरेका हुन् ।

बिरोधकर्ताहरुले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको आरोप लागाएका छन् ।

द्वन्दपीडित परिवारले आफूहरुले अझै न्याय नपाएको बताएका छन् । जनयुद्धको नाममा भएको युद्धमा अझैपनि हजारौँ बेपत्ता भएको भन्दै उनीहरुको खोजि सरकारले गर्नुपुर्ने उनीहरुको माग छ ।

बिरोध प्रदर्शनका क्रममा द्वन्दपीडितलाई न्याय दे, बेपत्ता आन्दोलन जारी छ, अदालतको फैसला लागू गर, दण्डहिनताको अन्त्य गर, हुकुमी शासन बन्द गर जस्ता नाराबाजी समेत भएको थियो ।