images

जनयुद्ध दिवसमा बिदा दिएर सरकारले गणतन्त्र प्राप्तिका लागि गरेको योगदानको सम्मान गरेको छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर राजनीतिमा जनयुद्धले गरेको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ ।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपराष्ट्रपति पुनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत, परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने औंल्याउनुभएको छ ।