images

संघीयता कसैले दिएको भीख होइन : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन् ।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताए ।

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।