images

बालाजु घटनापछि डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ ।

डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।

प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।