images

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं। अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । 

निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ आजबाट महाधिवेशन सुरु भएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ । महाधिवेशनको उद्घाटन सत्र अघि उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निस्किएको थियो ।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै तीन वटा आयोगहरू ९लेखा, अनुशासन र निर्वाचन० समेत चयन गर्नेछ । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयत्न गरिने नेताहरूले बताएका छन् ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच प्रतिस्पर्धा हुनेछ ।