images

कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।

मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपालमा अन्य उद्योगहरु भन्दा पनि कृषिमा आधारित उद्योगको बिस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटी रहेको पनि औंल्याए ।