images

अनेरास्ववियु महाधिवेशन : आजदेखि बन्द सत्र शुरु, नेतृत्व चयनमा सहमति नभए मतदान गर्ने

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन आज पनि काठमाडौंमा जारी छ । महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरु हुदैछ ।

जारी महाधिवेसनको बन्द सत्र सञ्चालनका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । बन्द सत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने र सहमति नजुटेमा मतदानबाट नेतृत्व चयन गर्ने तयारी छ । मतदान प्रक्रियामा जाँदा विद्युतीय मेसिन प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने, मोती विश्वकर्मा, समिक बडाल, लोकेश निरौलालगायत दाबेदार छन्।

महाधिवेशनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।