![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/01/Rabi-lamichanne-1.jpg?fit=1200%2C675)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्षमा सरकारी वकिल कार्यालय पुगेको छ ।
लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) ले जिल्ला सरकारी वकिल कार्यालयमो निवेदन दिएका थिए ।
सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरी दर्ता गर्नुनपर्ने बताएको हो ।
यस अघि पनि लामिछानेको राहदानीको विरुद्धको पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।