images

गणतन्त्र माथि गणतन्त्र पक्षधरहरुबाटै खतरा छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावलाई प्रभावमा पार्न खोजेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस अघि अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै दवाव दिएको बताए । उनले शक्ति राष्ट्रहरुले आफ्नो देशको स्वार्थ अनुकुल दवाव सृजना गरेको दाबी गरे ।

सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए ।