images

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै कस्ले के भने ?

काठमाडौं । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद्हरुले जनताको जनजिविकामा परेका विभिन्न समस्याहरु समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद्हरुले जनताका समस्याहरुको समाधानका निम्ति सरकारको ध्यान जानु पर्ने बताएका हुन । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्याका घटना बढेको भन्दै आत्महत्या गर्न बाध्य पार्ने परिस्थितिको अन्त्य गर्न आग्रह गरे ।

सांसद् शक्तिबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रमलाई विशेषज्ञ सेवाको निम्ति उपयोग गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पुथ्वी राजमार्गको मुग्लिन पोखरा सडक २०८१ सम्ममा निर्माण सम्पन्न हुनुपर्नेमा सडकको प्रगति हालसम्म पाँच प्रतिशत मात्र रहेको भन्दै छिटो सम्पन्न गर्न माग गरिन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य सोविता गौतमले लघुवित्त र सहकारीहरुले ठगी गरिरहेको भन्दै उनीहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताइन ।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले शिवपुरी आरक्षण क्षेत्र जाने ठाउँमा सेनाका चेकपोष्ट राखेर शुल्क लिने गरिएको भन्दै हटाउन माग गरे ।

चालिसेले चेकपोष्ट शान्ति, सुरक्षाका लागि भएको भन्दै त्यसलाई कायमै राख्न अनुरोध गरे ।