images

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका गलत छ : राजेन्द्र पाण्डे

काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गरेको हो ।

यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाई छ ।

सांसद पाण्डेले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने पनि बताए ।