images

एमाले अध्यक्ष ओली सुपरप्रधानमन्त्री हुन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् ।

सांसद पौडेलले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रश्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे ।

सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन काँग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे ।