images

अब सँधै प्रतिनिधि सभाको बैठक दिउँसो १ बस्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्ने समय निर्धारण गरिएको छ । जसअनुसार अब सँधै दिउँसो १ बजेका लागि बैठक बस्ने समय तोकिएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले बैठकको समय सामान्यतया दिउँसो १ बजेका लागि तोकेको हो ।

यद्यपि सभामुखले आदेश दिएको अवस्थामा भने अन्य समयमा पनि बैठक तोक्न सकिनेछ ।

‘सभामुखले अन्यथा आदेश दिएमाबाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ । तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।

यसअघि समय तोकिएको २ घण्टाभित्र बैठक बस्न नसकेमा बैठक स्थगित गरेर अर्को बैठक बोलाइने व्यवस्था रहेको थियो ।

यसअघि पनि बैठकको समय १ बजे दिउँसोको लागि तोकिए पनि राजनीतिक दलहरुको भेटघाट छलफलको कारण प्रभावित भएको थियो । प्रतिनिधि सभाले उक्त नियमावली पारित गरेसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।