![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/02/dilli-ram_hO8RJcN4EF.jpg?fit=845%2C500)
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा खनाल पक्राउ परेका हुन् ।
पटकपटक आफ्नो चरित्र हत्या गरेको भन्दै मानन्धरले माघ २४ गते साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
खनालले विभिन्न व्यक्तिहरुको नाम लिँदै मानन्धर अमेरिकामा रहेका बेला लिभिङ टुगेदरमा बसेको भन्दै अन्तर्वार्ता दिएका थिए ।