images

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । निर्वाचन आयोगले चितवन २ को उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।

आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि १० फागुनदेखि १६ फागुनसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको हो ।

राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आयोगले भनेको छ ।

रास्वपाका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सांसद हुन अयोग्य रहेको सर्वोच्च अदालतले फैसला गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।