
काठमाडौं । सरकारले साता अघिमात्रै पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ ।
महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको हो ।
कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो ।
राष्ट्रपति कार्यालयले आगामी फागुन ७ मा प्रजातन्त्र दिवसका अवसरमा केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ सोहि दिन सांसद चौधरीको कैद मिनाहा गर्ने सम्भावना रहेको छ ।
सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईँको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।