images

तातोपानी नाका पूर्णरूपमा खुलाउन सीमा सुरक्षामा जोड

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकामा तीन वर्षपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमा सुरक्षाका विषयमा छलफल भएको छ ।

नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच तीन वर्षपछि बिहीवार यस विषयमा छलफल भएको हो ।

छलफलमा तातोपानी नाका पूर्णरूपमा खुलाउने विषय पनि उठेको छ । तर यो प्रारम्भिक चरणको छलफलमात्र भएकाले पूर्णरूपमा नाका खोल्नेबारे सहमति हुन भने नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकले जनाएको छ ।

चिनियाँ पक्षले तातोपानी नाका पूर्णरूपमा खुलाउन सीमा सुरक्षामा जोड दिएको छ । २०७२ सालको भूकम्पका कारण चार वर्ष ठप्प रहेको तातोपानी नाका कोरोनाका कारण पुनः प्रभावित भएको हो ।