images

संघीय शिक्षा ऐन तत्काल संसदमा पेश गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई दबाब दिने बताएका छन् ।

महामन्त्री थापाले चालू संसद अधिवेशनबाटै सो ऐनलाई टुंगो लागाउने आफूहरुको चाहना भएको पनि स्पष्ट पारे शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएका बताए । त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव समेत राखे ।

शिर्ष नेताहरुले शिक्षालाई बुझ्न नसकेको भन्दै उनीहरु यस विषयमा गम्भीर हुन नसकेकोे बताए ।