images

एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले सातौं निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ ।

आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताए । उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतिलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गरे ।

विसं २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाइदैं छ ।