images

संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान सकेन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन् ।

आईतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताए । देशमा धेरै ऐन, कानूनहरु बनाउनुपर्ने आवश्यकता भएपनि त्यसो हुन नसकेको उनको भनाई छ । बनेका ऐनहरुको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको बताए ।

सभामुख घिमिरेले द्वन्द्वपीडितहरुका लागि सरकारले गम्भिर भएर कुनैपनि काम गर्न नसकेको आरोप लगाए । त्यस्तै संसदमा पनि ति विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले राजनीतिक दल र सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाएर संसद चलाउने बताए ।