images

राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारि दिनुभयो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ।