images

जसपाको विधान अधिवेशन २७, २८ र २९ चैतमा

 

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकले चैतको २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायत विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेको हो।

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए।

यसैगरी यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ। जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ।

बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।

जसपाले नेकपा एकीकृत समाजवादी पार्टी लगायत अन्य दलहरूसँग पनि एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ।