images

सुदूरपश्चिममा अब निर्वाचन हुँदैन, सरकार ५ वर्ष निरन्तर टिक्छ : मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताए।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र अब केही दिनमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले बताए ।

उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’

अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे। ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्। फेरि चुनावमा गए जनताले लखेट्छन्’, उनले भने।