काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने ‘राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो,’ उनले भने,‘कुनै व्यक्ति विशेष कुरा भएन। यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दिइएको छ।’


स्पेस समाचार






